राजनीति

उपराष्ट्रपति यादव जापानी दूतावासमा आयोजित स्वागत समारोहमा सरिक

इकागज |
माघ २५, २०८१ शुक्रबार १८:३८ बजे

फाइल फोटो

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारूहितोको ६५ औँ शुभजन्मोत्सवका उपलक्ष्यमा यहाँस्थित जापानका राजदूत तोरू मायदाले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक भएका छन् ।

राजदूत मायदाको निवास ताहचलमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे सहभागी थिए ।


त्यसअवसरमा मन्त्रिगण, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, प्राध्यापक, उद्योगी, व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

कार्यक्रममा राजदूत मायदाले अतिथिहरूको स्वागत गर्दै जापान–नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए । नेपाल–जापान सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा विस्तार भइरहेको बताउँदै उहाँले अहिले जापानमा सूचना प्रविधिलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरिरहेको जानकारी दिए ।

नेपालको आर्थिक विकासमा जापानले विभिन्न क्षेत्रबाट सहयोग पु¥याइरहेको बताउँदै राजदूत मायदाले गोर्खा केन्द्रबिन्दु भई गएको विसं २०७२ को भूकम्पपछि जापानी सहयोगमा नेपालमा दुई सयभन्दा बढी विद्यालय भवन निर्माण गरिएको जानकारी दिए । -रासस

 


Author

थप समाचार
x