प्रहरी कुट्ने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति
![](https://ekagajcdn.prixacdn.net/media/albums/sishir-khana_TfXgxbFZNg.png)
फाइल फाेटाे
काठमाडौं - ड्युटीमा रहेका प्रहरी माथि कुटपिट गर्ने नेकपा एमाले निकट विद्यार्थी नेतालाई पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाई जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।
‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृह मन्त्री लेखक माथि प्रश्न उठाएका छन् ।
उनका अनुसार विद्यार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुट्ने समूहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफूहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।
अखिल नेता पक्राउ नगर्ने गृह मन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।
गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेको आरोप लागिरहेको छ । तर, अरू पक्राउ पर्दा पनि उनलाई भने पक्राउ नगरी मुद्दासमेत नचलाइएको भन्दै जनमानसमा रोष पैदा भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया