सरकारका मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक नगरेकोमा रास्वपा आक्रोशित
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री देखी मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असिम शाहले शून्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
‘सरकारमा रहेका प्रधानमन्त्री देखी मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्‚’ उनको प्रश्न छ । उनले अबिलम्ब सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया