राजनीति

सरकारले कसैसँग छलफल नगरी हतारमा अध्यादेश ल्यायो - जनार्दन शर्मा

इकागज |
माघ २९, २०८१ मंगलबार १९:८ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कसैसँग छलफल नगरि अध्यादेश ल्याएकाले त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले सरकारले आफ्नो अनुकूलको अध्यादेश कसैसँग छलफल नगर हतारमा ल्याएको त्यसलाई अघि बढाउन सरकारलाई समस्या भएको बताएका हुन् । 


अध्यादेशप्रति टिप्पणी गर्दै शर्माले मिठो कुरा पनि हतारमा खान खोजियो भने घाँटीमा अड्किने र कुनै स्वाद नहुने उल्लेख गरे । 

उनले अध्यादेशलाई छिटो सदनमा छलफलमा ल्याउन सुझाव दिँदै अध्यादेशका राम्रा र नराम्रा पक्षको सदनमा नै छलफल हुने बताए । 

त्यस्तै शर्माले सदनलाई जनताको आवाज उठाउने भन्दा पनि आरोप–प्रत्यारोपको थलो बनाइएको जिकिर गरे । 

उनले भ्रष्टाचारका विषयमा एकले अर्कालाई दोष लगाउनु भन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x