संसद भवन परिसरमा पत्रकारलाई परिचालित गरी प्रधानमन्त्रीमाथि प्रश्न सोधियो - सुर्य थापा

फाइल फाेटाे
काठमाडौं - नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसद भवन परिसरमा केही सञ्चारकर्मीले परिचालित ढंगले प्रधानमन्त्रीमाथि प्रश्न सोधिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री संसदबाट बाहिरिदा ‘तपाईँ हिटलर हो’ प्रश्न गरिएको भन्दै सञ्चारकर्मीले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गरेको बताए ।
संसद् सचिवालयको अनुमतिले समाचार संकलन गर्न आएका पत्रकारहरूले गैरजिम्मेवार र परिचालित ढंगले प्रश्न सोध्न नमिल्ने उनले बताए ।
उनले यस विषयमा संसद सचिवालयको समेत ध्यानाकर्षण गराए ।
त्यस्तै सांसद थापाले आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद प्रभु साहले अधिकारको दुरुपयोग गरि प्रश्न सोधेको आरोप लगाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया