राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता
दाहालसँगै ओलीले पनि बढाए सक्रियता
काठमाडौँ : एमालेका दुई समूह मिलाउन नदिने तवरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चलखेल बढेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । उनी मेलम्चीबाट फर्के लगत्तै राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
उनले माधवकुमार नेपाल समूहलाई मिलाउने र पार्टीलाई एक ढिक्का पारेर अघि बढ्ने विषयमा लामो छलफल भएको राष्ट्रपपति कार्यालयका एक अधिकारीले जानकारी दिए । कार्यदलले सबै समस्या सल्टाई सकेपछि एमाले मिल्ने अवस्थामा पुगेको सन्देश बाहिर आउन थालेपछि त्यो हुन नदिन दाहाल सक्रिय भएका थिए । दाहालको सक्रियताले कतै हुनै लागेको सहमतिमा असहमतिको बादल मडारिने त होइन भन्ने आशंकामा ओली छन् ।
सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर वरिष्ठ नेता नेपाल समूहका सांसदले फिर्ता लिएनन् भने के गर्ने भन्ने विषयमा छलफल गर्न ओली राष्ट्रपति निवास पुगेका हुन् । हस्ताक्षर फिर्ता नभए के निर्णय आउला भन्ने पिरालोमा ओली छन् ।
त्यही पिरोलोबारे छलफल गर्न राष्ट्रपतिकोमा पुगेको स्रोतको भनाइ छ । राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले प्रधानमन्त्री र राष्ट्रपति समसामयिक विषयमा छलफल गर्न आउनु सामान्य कुरा भएको बताए । छलफलमा हुँदा आफू फर्किसकेकाले खासै जानकारी नभएको तर राजनीतिको पछिल्ला घटनाक्रमबारे नै छलफल भएको हुनसक्ने उनको भनाइ थियो ।
अदालतको फैसला पर्खनु बाहेक अन्य बाटो नभएकाले अदालतको फैसलासम्म नेपाललाई टिकाउन दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागि परेका छन् । यस्तो अवस्थाबाट पार लगाउन के गर्ने भन्नेबारे प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको मुद्दाको निर्णय आगामी सोमबार गर्ने निश्चित प्रायः निस्चित छ । यद्यपी हेर्दा हेर्दैमा राखेर बुधबारसम्म लम्ब्याउन सक्ने अवस्था पनि छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया