राजनीति

सामाजिक सञ्जालमा लेखेको विषयलाई दिएर खेद प्रस्ताव पारित गर्नु अभिव्यक्ति स्वतन्त्रता विपरीत - ज्ञानेन्द्र शाही

इकागज |
फागुन ५, २०८१ सोमबार १९:८ बजे

फाइल फाेटाे

काठमाडौं - राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आफूले सामाजिक सञ्जालमा लेखेको विषयलाई दिएर खेद प्रस्ताव पारित गर्नु अभिव्यक्ति स्वतन्त्रताको विपरीत भएको टिप्पणी गरेका छन् । 

सोमबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरि आफ्नो अभिव्यक्ति प्रति राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको भन्दै आपत्ति समेत जनाए । 


यसअघि राष्ट्रियसभामा विधेयकहरूको छलफल सदस्यहरूले नबुझेको देखिएकाले थप अध्ययन गर्नका लागि आफूले सुझाव मात्र दिएको उनले बताए । 

उनले आफू कुनै नेताको निगाहमा नभइ जनताबाट मत ल्याएर संसदमा आएको भन्दै जनताको मतको अपमान गर्ने काम समेत राष्ट्रियसभाले गरेको धारणा राखे । 

यसअघि आइतबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभा नै वृद्धाश्रम भएको टिप्पणी गरेको भन्दै खेद प्रस्ताव पारित गरेको थियो ।


Author

थप समाचार
x