प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली - पूर्वराजा शाह

फाइल फाेटाे
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली हुनुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीलाई समाजमैत्री र जनहितैषीको रुपमा पनि हेरिनुपर्नेमा जोड दिएका हुन् । कर्म र व्यवहारमा उतार्ने खालको प्रजातन्त्र हुनुपर्नेमा उनको जोड छ । उनले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने धारणा राखेका छन् । शाहले निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने दाबी गरेका छन् ।
उनले राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने धारणा राखेका छन् । उनले भिडिओ सन्देशमा भनेका छन्-“देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ, अब समय आयो, राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’ उनले आज देशको इतिहास मेटिँदै गएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।
उनले अहिले नेपालीहरुको पसिना नेपालमा नभएर अन्तै पोखिरहेको टिप्पणी गरेका छन् । नेपालका कलकाखाना, व्यापार तथा व्यवसाय निरन्तर धराशयी बनेको उनको चिन्ता छ । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्ने र जनताको भरोसा जगाउने प्रणाली हुनुपर्ने उनको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया