तोसिमा कार्कीले भनिन्– पाथीभरामा तत्काल केवलकार निर्माण रोकौं

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर सरकारले यस्तो निर्णय लिनुपर्ने बताइन् । ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु( त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस्,’ उनले भनिन् ।
कार्कीले बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा जोड दिइन् । ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने ?’, उनले प्रतिप्रश्न गर्दै भनिन् ।
एमाले सांसद योगेश भट्टराईले पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको बताएपछि रास्वपा सांसद कार्कीले निर्माण कार्य तत्काल स्थगित गर्न माग गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया