राजनीति

ओलीले मनाए ७४औं जन्मदिन

इकागज |
फागुन ११, २०८१ आइतबार १७:५६ बजे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन पार्टीका नेता तथा कार्यकर्तामाझ मनाएका छन् । 

प्रधानमन्त्री ओलीको जन्मदिनका अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले नेता, कार्यकर्ता शुभेच्छुकहरूले शुभकामना दिएका थिए ।


केपी ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँमा भएको थियो ।

२०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् । 


Author

थप समाचार
x