स्वास्थ्य बीमा अघि बढाउन नसके मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्रीलाई तोसिमाको सुझाव

फाइल फाेटाे
काठमाडौं - रास्वपा सांसद तोसिमा कार्कीले मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य बीमा अघि बढाउन सक्ने अवस्था नरहेको भन्ने स्वास्थ्य मन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै कार्यक्रमलाई अघि बढाउन नसके मार्ग प्रशस्त गर्न स्वास्थ्य मन्त्रीलाई सुझाव दिएका हुन् ।
स्वास्थ्य बिमाको रकम ५ लाख पुर्याउँछु भन्दै महत्वाकांक्षी योजना अघि सारेर पछि हट्नु उचित भएको उनले बताए ।
स्वास्थ्य बिमा सुरुवात गरेको जस लिन खोज्ने तर काम गर्न नसकेर यसलाई अलपत्र पारेर राज्यलाई नै धराशायी बनाउने काम भएको उनको भनाइ छ ।
उनले २ करोड ९१ लाख जनताको अनिवार्य स्वास्थ्य बीमा अघि बढाउन माग समेत गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया