राजनीति

भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष नेपालमा

इकागज |
फागुन १३, २०८१ मंगलबार १९:२३ बजे

काठमाडौं - नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपाल आइपुगेका छन् । 

पूर्वस्थल सेनाध्यक्ष जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल डा विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा), जनरल (डा) मनोज मुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) आज यहाँ आइपुगेको नेपाली सेनाले जनाएको छ ।
 
उनीहरू सम्मिलित भ्रमण दलले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।
 



Author

थप समाचार
x