प्रधानमन्त्री ओलीको महिला टिमलाई सान्त्वना- छोरीहरूको खेल राम्रो थियो, भविष्यमा हामी जित्ने नै छौं

फाइल फाेटाे
काठमाडौं - नेपाली महिला फुटबल टिमले अर्को फाइनल खेल हारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् ।
म्यान्मारविरुद्धको अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा २-० ले हार बेहोरेपछि प्रधानमन्त्री ओलीले कार्य व्यस्तताले सहभागी हुन नसकेपछि छोरीहरूको खेल राम्रो भएको भन्दै सान्त्वना दिएका हुन् ।
बुधवार साँझ खेल सम्पन्न भए लगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमा एक स्टाटस राख्दै उनले भनेका छन्- 'कार्य व्यस्तताले आज नेपाल र म्यानमार बीच भइरहेको खेल हेर्न जान पाएको थिइनँ । केही समय मात्र प्रत्यक्ष प्रसारण हेर्न पाएँ । छोरीहरूको खेल राम्रो थियो । भविष्यमा हामी जित्ने नै छौं ।'
नेपाली राष्ट्रिय महिला टिमले पछिल्लो १५ वर्षमा फाइनलमा हार बेहोरेको यो १३औं पटक हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया