राजनीति

बालेनलाई शंकरको जवाफ : महानगरमा कार्यकारी अधिकृत जान किन मानिरहेका छैनन् भन्ने ध्यान जाओस्

इकागज |
फागुन १७, २०८१ शनिबार ६:३० बजे

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित स्ट्याटस लेखेपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् । 


साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'काठमाडौँ महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।'

बालेनले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका थिए । उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!' 


Author

थप समाचार
x