एयरपोर्ट अगाडि राजावादीहरूको नारा : हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरू पुग्नेक्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी शुरु गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू विमानस्थल बाहिर भेला भएका हुन् । उनीहरूले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्दै नारा लगाइरहेका छन् ।
त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरूले नागरिकहरूलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।
सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया