राजनीति

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शंकर पोखरेल

इकागज |
असार २८, २०७८ सोमबार १४:२१ बजे

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा एमालेका स्‍थायी समिति सदस्‍य शंकर पोखरेलले सर्वोच्‍च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभा पुनर्स्‍थापना गर्ने सर्वोच्‍चको फैसलापछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रया दिँदै सुदूर भविष्‍यमा नै नेपाल र नेपालीले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने टिप्‍पणी गरेका छन् ।

'संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात,' उनले भनेका छन् 'सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।'



Author

थप समाचार
x