सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायो - मन्त्री गुरुङ

फाइल फाेटाे
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका छन् ।
बिज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका हुन् ।
उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।
मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरूलाई सुधार गर्न खोजिएको उनले बताए ।
उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया