‘सुकुमबासीलाई वितरण होइन भूमि व्यवस्थापन गर्न सरकार लागेको छ’

फाइल फाेटाे
चितवन - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सुकुमबासीलाई जग्गा वितरण गर्न नभई व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
भरतपुर महानगरपालिका–११ मा आज यहाँ आयोजित भूमिहीन दलित र भूमिहीन सुकुमबासीको लागि जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा उनले जग्गा एक ठाउँमा लिने अनि बेचेर अर्को ठाउँमा जाने सुकुमबासी भएर बस्ने जस्ता परिपाटीलाई नियन्त्रण गर्न लागेको बताए ।
उनले भने, ‘सुकुमबासीलाई भूमि वितरण होइन व्यवस्थापन गर्ने सोचका साथ नीति बनाएका छौँ । हाल ऐननियमअनुसार दिन नमिल्ने जग्गाको समस्या फुकाउन सरकार तत्पर रहेको छ । यसका लागि सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको भए पनि राष्ट्रियसभामा बहुमत नपुग्दा रोकिएको छ ।’
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमि व्यवस्थापन एवं सुकुमबासीका समस्या सम्बोधन गर्ने उद्देश्यले आयोगले निरन्तर काम गरिरहेको बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज महानगरका तीन वडाका एक सय २९ जनालाई पुर्जा वितरण गरिएको जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया