राजनीति

अनेरास्ववियुको तालाबन्दीपछि आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

इकागज |
चैत ५, २०८१ मंगलबार ९:२६ बजे

काठमाडौँ- अन्तिम समयमा आएर रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ । सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ । निर्वाचन समितिका संयोजक महेश भट्टराईका अनुसार सरोकारवाला पक्षसँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको छ ।



Author

थप समाचार
x