नियुक्ति पत्र सच्याउने राष्ट्रपतिको संकेत, छलफल जारी
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र सच्याउने संकेत गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरेपछि देउवाले शपथ नलिने अडान लिएका छन् ।
कानुन बमोजिम नभएको भन्दै नेपाली कांग्रेसका सभापति देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गरेपछि विवाद समाधानका लागि प्रयास भइरहेको शीतल निवास स्रोतले इकागजलाई जानकारी दियो ।
देउवाले संविधानको धारा ७६(५) उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अडान लिएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा अदालतको फैसला बमोजिम भन्दै संविधानको धारा नै उल्लेख गरेको छैन ।
विवादित बनेको पत्र
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया