राजनीति

मन्त्रिपरिषद् निर्णय : दुई आयोगको म्याद थपियो

इकागज |
असार ३१, २०७८ बिहीबार १५:२८ बजे

काठमाडौँ  : शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले दुई आयोगको म्याद थप गरेको छ । बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो । 

यी दुवै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गर्ने निर्णय गरिएको छ । त्यस्तै आज बसेको बैठकले प्रतिनिधि सभा बैठक साउन ३ गतेको लागि आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



Author

थप समाचार
x