चीनले नेपाललाई फेरि १६ लाख मात्रा खोप अनुदानमा दिने
काठमाडौँ : चीनले नेपाललाई फेरि कोभिड–१९ विरुद्धको १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शिष्टाचार भेट गर्दै नेपालका चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ सरकारको यो सन्देश दिएकी हुन् ।
चीनले यसअघि पनि ८ लाख र १० लाख गरी १८ लाख मात्रा खोप अनुदान दिइसकेको छ । त्यस्तै, सरकारले चीनसँग ४० लाख मात्रा खोप खरिद गरेको छ । चीनले अनुदानमा दिएको खोप १७ लाख मानिसलाई दुई डोज लगाउन पुग्ने खोप अनुदानमा उपलब्ध गराउने सुनिश्चित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया