भीम रावलले दिए सांसद पदबाट राजीनामा
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सांसद पदबाट राजीनामा दिने भन्दै रावल अहिले संसद सचिवालय पुगेका छन् । रावल निकट पत्रकार एकिन्द्र कुँवरका अनुसार रावलले संसद् सचिवालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।
पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै एक ठाउँमा भएर छलफल गरेर विवाद समाधान गर्नु पर्ने भएपनि दुवैले आफ्नो अडान नछोडेको र पार्टी एकताको पक्षमा उनीहरू नरहेको ठहर गर्दै रावलले राजीनामा बुझाएको बताइएकाे छ । रावल एमाले विवाद समाधान कार्यदलकाे नेपाल समूहबाट संयोजक समेत थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया