देउवालाई विश्वासको मत दिएर केही नेताले अक्षम्य अपराध गरे : ईश्वर पोखरेल
काठमाडौँ : नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् । आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
उनीहरुको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए । सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीको निर्णय विपरीत विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताले घटाएको उल्लेख गर्दै आपत्ति जनाए ।
‘हाम्रो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा यति अप्रिय घटनाहरू पनि घटदैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णय विपरित विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिले गर्नु भएको छ,’ उनले भने, ‘यो पार्टीको राजनीतिक, सांगठानिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो । यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया