देउवालाई विश्वासको मत दिएका एमाले सांसदको छलफल जारी
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु छलफलमा जुटेका छन् । साउन तीन गते प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका माधवकुमार नेपालसहित २२ सांसदले पनि विश्वासको मत दिएका थिए ।
उनीहरुसहित अहिले काठमाडौँको बानेश्वरस्थित अर्याल होटलमा छलफल जारी छ । छलफलमा वरिष्ठ नेता नेपालले आगामी रणनीतिबारे सांसदहरुसँग परामर्श लिइरहेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया