राजनीति

महन्थ ठाकुर पार्टी एकताको पक्षमा नभएपछि उपेन्द्र यादव समूहमा लागेँ : मनिष सुमन

इकागज |
साउन ११, २०७८ सोमबार १३:१५ बजे

काठमाडौँ । जनता समाजवादीका नेता मनिष सुमन पनि अध्यक्ष महन्थ ठाकुर समूह छोडेल अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा खुलेका छन् । निर्वाचन आयोगमा ‘हेड काउन्ट’ लागि पुगेका उनले यादव समूह मुलधार भएको बताउँदै आफू मुलधारको पार्टीमा लागेको बताएका हुन् । 
 
उनले महन्थ ठाकुरसँग पार्टी एकताको विषयमा आफूले लामो वार्ता गरे पनि एकताको लागि तयार नभएपछि आफूले आज निर्वाचन आयोगमा उपस्थित भएर यादव समूहको पक्षमा सनाखत गरेको प्रतिक्रिया दिए ।  
‘महन्थजीलाई बहुमत जता छ त्यतै लागौँ भनेर लामो वार्ता गरेँ । उहाँ मान्नु भएन । त्यसैले मैले आज मुलधारको पार्टीको पक्षमा सनाखत गरेँ,’ उनले भने, ‘मधेशमा संगठित पार्टी चाहिएको छ । म सोही अभियानमा छु । त्यसैले मुलधारतिर लागेँ ।’   



Author

थप समाचार
x