सांसद आशा विक भन्छिन्,
‘पब्जी र फ्रि फायर गेम बन्द गरियोस्’
गेम बन्द नगरे अदालत जानुपर्ने दिन आउन सक्छ !
फाइल फोटो
काठमाडौँ : प्रतिनिधि सभा सांसद आशाकुमारी विकले अनलाइन गेम बन्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले अनलाइन गेम पब्जी, फ्री फायरले बालबालिकालाई मानसिक रोग निम्त्याउने काम गरेको भन्दै तत्काल अनलाइन गेम बन्द गर्न माग गरेकी हुन् ।
बैठकमा उनले भनिन्, ‘पब्जी र फ्रि फायर जस्ता खेलको लतमा फसेका बालबालिकामा डराउने, झस्किने जस्ता अनौठो बानी देखापरेका छन् । यसले पछि गएर मानसिक रोग पनि निम्त्याउन सक्छ । त्यसकारण अनलाइन गेम बन्द गरियोस्।’
साथै उनले सरकारले अनलाइन गेम बन्द नगरे न्याय खोज्दै अभिभावक अदालत जानुपर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराएकी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया