राजनीति

नेकपा विवाद

ओली र दाहालले बिहीबार छुट्टाछुट्टै भेटे राष्ट्रपति भण्डारीलाई

इकागज |
मंसिर १८, २०७७ बिहीबार २०:१५ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेकपाका  अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई राष्ट्रपति कार्यालयमा बोलाएर भेटेकी छन् । बिहान प्रधानमन्त्री ओलीलाई भेटेकी राष्ट्रपति भण्डारीले साँझ अर्का अध्यक्ष दाहालाई भेटेकी हुन् । 

शितल निवास स्रोतका अनुसार दाहाल साँझ ६ बजे शितल निवास पुगेका थिए । उनले राष्ट्रपति भण्डारीसँग ५० मिनेट कुराकानी गरेको स्रोतले बतायो । भेटमा राष्ट्रपतिले मिलेर जान दुवै अध्यक्षलाई आग्रह गरेको पनि स्रोतले बतायो । 
 
नेकपामा विवाद हुँदा सधै भण्डारीले नेताहरूलाई भेट्‍ने गरेकी छ्न् । त्यसबाट उनी विवादमा आउने गरेकी छन् । नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: नेकपाका शिर्ष तहका नेताहरूलाई भेटेकी हुन् । 


गत कात्तिक १८ मा पनि नेकपा विवाद चर्किएको बेला उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए । सोमबार मात्रै उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्‍वर पोखरेलले राष्ट्रपति भण्डारीसँग करिब दुई घण्टा छलफल गरेका थिए । 

गत वर्ष मंसिर ४ मा त शीतलनिवासमा राष्ट्रपति भण्डारीको उपस्थितिमा ओली र दाहालबीच सरकार र पार्टी सञ्‍चालनको कार्यविभाजनमा सहमति भएको थियो । 

यो पनि......

मन्त्रिपरिषद्‍ बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको लन्‍च, बोल्ड निर्णयको तयारी


Author

थप समाचार
x