राजनीति

सचिवालय बैठकमा त्यो प्रश्‍न : जसकारण वामदेवविरुध्द उत्रिए सूर्य थापा

इकागज |
मंसिर २१, २०७७ आइतबार ९:३२ बजे

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुध्द उत्रिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा गौतमको तस्बिर राख्दै को कस्तो भन्दै उनीविरुध्द उत्रिएका हुन् । डोरी नाघेर बाटो काट्दै गरेको पूरानो तस्बिर राख्दै थापले लेखेका छन् 'को कस्तो ? तस्बिर काफी छ !'

आखिर थापाले पार्टीका उपाध्यक्ष गौतमबारे किन यस्तो लेखे त ? यसको अनेक अड्कबाजी भइरहेको छ । कतिपयले ओलीलाई समर्थन नगरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालतिर लागेकाले पनि गौतमविरुध्द थापा उत्रिएको भनिरहेका छन् । तर भन्‍नेले जे-जे भने पनि थापाको स्ट्याटसको चुरो कुरा बुझ्‍ने हो भने शनिबार (हिजो)को सचिवालय बैठकतिर फर्किनुपर्ने हुन्छ । हिजोको बैठकमा थापाले गौतमविरुध्द उत्रिनुपर्ने के भयो ?  


सूर्य थापाले प्रधानमन्त्री र पार्टी दुवैलाई सिद्याउने भन्दै शनिबारको सचिवालय बैठकमा कारवाही गर्न माग गरेको एक सचिवालय सदस्यले इकागजलाई जानकारी थिए । ति सदस्यका अनुसार कार्यकारी अध्यक्ष र अन्य नेताहरुलाई गाली गर्ने थापाकव शक्ति कहाँबाट आयो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्‍न गरेका थिए ।

काे कस्ताे ? तस्बिर काफी छ !

Posted by Surya Thapa on Saturday, 5 December 2020

'सुर्य थापा भनेको को हो ? यसलाई तत्काल  सचिवालयबाट हटाउनुस् । तपाइँलाई पनि सिद्याउँछ पार्टीलाई पनि सिद्याउँछ' गौतमले सचिवालय बैठकमा भनेका थिए 'यस्तो मान्छेले तपाईंलाई बनाउँछ भनेर राख्‍नु भएको होला थापा ध्वंस्तात्मक प्रवृतिको मान्छे हो । यसले न तपाईं बनाउँछ न पार्टीलाई बनाउँछ ।'  गौतमले बैठकमा प्रश्‍न गरेका थिए 'यसको हैसियत के हो ? कार्यकारी अध्यक्ष र हामी जस्तो नेतालाई गाली गर्ने ? यो शक्ति कहाँबाट आयो ?'


Author

थप समाचार
x