राजनीति

गठबन्धनका विद्यार्थीले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर भने : खोपको व्यवस्था गरेर परीक्षा गरौँ

इकागज |
साउन २५, २०७८ सोमबार १६:१६ बजे

काठमाडौँ – सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीलाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गर्न गरेका हुन् ।  

उनीहरुले विद्यार्थीलाई खोपको व्यवस्था गरेपछि मात्रै परीक्षाको मिति तोक्न पनि आग्रह गरे ।  ‘कोभिडका कारणले विधार्थी वर्ग सबैभन्दा बढी असुरक्षित छन् र हामीले विधार्थीहरूलाई खोपको निम्ति यसअघि नै बारम्बार आग्रह गरिरहेकै छौँ,’ नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले भने, ‘सरकारले सुनिरहेको छैन र अन्तिम पटक भन्दै छौँ सम्पूर्ण परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोपको व्यवस्था गर ।’ 



Author

थप समाचार
x