राजनीति

पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश

इकागज |
साउन २७, २०७८ बुधबार १३:५२ बजे

बुटवल - लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका संसदिय दलका नेता विरेन्द्र कनौडियाले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । बैठकमा सत्तापक्ष नभए पनि बैठक चल्यो । सभामुखले २ बजेर ४५ मिनेटसम्मको लागि बैठक स्थगित भएको जनाएका छन् । 

मुख्यमन्त्रीको राजिनामाबारे सचिवालयमा पत्र नआइसकेकाले बैठक चलिरहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले बताइन । अविश्वासको प्रस्तावमा आगामी मुख्यमन्त्रीका लागि माओवादी नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।



Author

थप समाचार
x