राजनीति

लुम्बिनीको विशेष अधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने

इकागज |
साउन २७, २०७८ बुधबार १७:११ बजे

काठमाडौं - सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस विषयमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल गर्न  विशेष बोलाएका थिए ।


त्यसविरुद्ध एमाले लुम्बिनी अध्यक्ष एवं प्रदेश सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गिरीले रिटमा नियुक्ति भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरेका छन् । 


Author

थप समाचार
x