राजनीति

लुम्बिनीमा ६ सदस्यीय मन्त्रिपरिषद्, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?

इकागज |
साउन २८, २०७८ बिहीबार १६:२७ बजे

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै ४२ सांसदले हस्ताक्षर बुझाएका थिए । नवनियुक्त मुख्यमन्त्री केसीले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । 

नयाँ सरकारमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीसहित २, कांग्रेस १ र जनता समाजवादी पार्टी (जसपा)बाट तीन मन्त्री बन्ने भएका हुन् । माओवादीका कृष्णध्वज खड्का विनाविभागीय  मन्त्री बन्दैछन् । त्यस्तै कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहर विकास मन्त्री बन्दैछन् । 


जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्री बन्दैछन् । जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्री बन्दैछन् ।  

 


Author

थप समाचार
x