राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले  लिए शपथ

इकागज |
साउन २८, २०७८ बिहीबार १८:३५ बजे

बुटवल -  लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।  

हिजो(बिहीबार) एमाले संसदीय दलका नेता शंकर पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आह्वान गरेको समयमा मुख्यमन्त्रीका लागि केसीको दाबी परेको थियो । केसीलाई ४२ सांसदले समर्थन गरेका छन् । 



Author

थप समाचार
x