राजनीति

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

इकागज |
साउन २८, २०७८ बिहीबार १८:२८ बजे

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त भएका केसीले अन्य पाँच सांसदलाई मन्त्री बनाएका हुन् । 

कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । त्यसतै माओवादीका सांसद कृष्णध्वज खड्का, जसपाका सुमन शर्मा रायमाझी र पूर्णमती ढेंगा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । 


हिजो(बिहीबार) एमाले संसदीय दलका नेता शंकर पोखरेलले अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले आह्वान गरेको समयमा मुख्यमन्त्रीका लागि केसीको दाबी परेको थियो । केसीलाई ४२ सांसदले समर्थन गरेका छन् । 

 

 
 


Author

थप समाचार
x