गण्डकीमा कांग्रेस दलका प्रमुख सचेतक र सचेतक परिवर्तन
काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेस गण्डकीले संसदीय दलको प्रमुख सचेतक र सचेतक परिवर्तन गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।
यसअघि संसदीय दल सचेतक रहेकी नवलपुरकी ओमकला गौतम प्रमुख सचेतकमा चयन भएकी छन् भने संसदीय दलको सचेतकमा स्याङ्जाका भागवतप्रकाश मल्ल चयन भएका छन् ।
मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता पाखरेलले प्रमुख सचेतक मणिभद्र शर्मा पर्यटन मन्त्री नियुक्त गरेपछि शर्माको ठाउँमा गौतमलाई जिम्मेवारी दिएका हुन् । गौतम सचेतक बनेपछि उनको ठाउँमा मल्ललाई ल्याएका हुन् । पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गौतम र मल्ल नै मन्त्रीका दाबेदार थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया