लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य
बुटवल - लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जनाएको छ । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रदेश सभामा दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका थिए ।
संविधानको धारा १८३ को उपधार बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् । निर्वतमान मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्ताव फेस नगरी राजिनामा दिएका थिए । चार दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया