अफगानिस्तानका नेपालीलाई स्वदेश फर्काउन तरुण दलकाे माग
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले अफगानिस्तामा रहेका नपाली नागरिकको जीवन रक्षामा जिम्मेवार बन्न सरकारसमक्ष माग गरेको छ । अफगानिस्तानमा विद्रोही तालिवान सेनाले राज्यसत्ता कब्जाका लागि राजधानी काबुलसहितका सहरमा आक्रमण गरेकाले त्यहाँ रहेका नेपाली नागरिकको जीवन रक्षामा नेपाल सरकार गम्भीर हुनुपर्ने तरुण दलको भनाइ छ ।
तालिबानले विदेशी नागरिकलाई घर फर्कन समय दिइरहेकाले यहीबेला नेपाल सरकारले उनीहरूलाई स्वदेश फर्काएर जीवन रक्षाको सुनिश्चितता गर्न तरुण दलले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘अफगानिस्तानको विद्रोही संगठन तालिबानले अफगानिस्तानमा राज्यसत्ता कब्जा गर्ने सम्भावना बढेसँगै त्यहाँ विभिन्न कामका लागि रहेका नेपाली नागरिकको जोखिम बढेको छ,’ तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा ठूलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घरफिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल सरकारको ध्यानाकर्षण गराउँदछ ।’
यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आइतबार विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सुरक्षित साथ नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया