संसद् अधिवेशन अन्त्य गर्ने निर्णयप्रति एमाले नेतृ विन्दा पाण्डेको विरोध
काठमाडौँ - नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएकी छन् । पुनःस्थापित संसदको पछिल्लो बैठकमा नागरिकता सम्बन्धी विधेयक टेबल नगरिएको र यौनजन्य हिंसा तथा एसिड प्रहार सम्बन्धी अध्यादेश पारित नगरी सरकारले अधिवेशन अन्त्य गरेकोमा उनले विरोध जनाएकी हुन् ।
‘सबै पक्षबाट नागरिकता विधेयकको माग भएर पनि टेवल गरिएन,’ उनले ट्वीटरमा लेखेकी छिन्, ‘यौनजन्य हिंसा र एसिड प्रहारसम्बन्धी अध्यादेश आजैबाट खारेज भयो। अफगानिस्तानको नेपालीबारे संसदलाई जानकारीको निर्देशन र संसद अन्त्य पनि आजै।’
गठबन्धन दलहरूले आफ्नो सरकार बनेपछि सरकार कसरी चल्छ देखाउँछौं भनिएपनि अहिले आएर सरकारले प्रतिबद्धताअनुसार काम गर्न नसकेको टिप्पणी गरेकी छन् । ‘सरकार कसरी चलाउनुपर्छ, देखाउछौं भनिएको थियो,’ उनको प्रश्न छ,‘ यही हो ? यसै गर्ने भनेको हो ? कुरा बुझिएन,’ उनले सरकारलाई प्रश्न गरेकी छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै सरकारले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि मध्यरातबाट संसद् अधिवेशन अन्त्य भएको छ ।
सवै पक्षवाट नागरिकता विधेयकको माग भएर पनि टेवल गरिएन।यौनजन्य हिंसा र एसिड प्रहार सम्वन्धि अध्यादेश आजैवाट खारेज भयो।अफगानिस्तानको नेपाली वारे संसदलाई जानकारीको निर्देशन र संसद अन्त्य पनि आजै!
— Binda–बिन्दा पाण्डे (@PandeyBinda) August 16, 2021
सरकार कसरी चलाउनु पर्छ, देखाउछौ भनिएको थियो । यही हो ? यसै गर्ने भनेको हो? कुरा बुझिएन!?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया