२ का प्रदेश प्रमुख झा पदमुक्त
काठमाडौँ- प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा पदमुक्त भएका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार झालाई पदमुक्त गरेर हरिशंकर मिश्रलाई नियुक्त गरेको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले झालाई हटाएर मिश्रलाई प्रदेश प्रमुख प्रमुख बनाउने निर्णय गरेको थियो । यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।
वर्तमान सरकारले यसअघि लुम्बिनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया