राजनीति

लुम्बिनीमा पदमुक्त सांसद पाण्डेको स्थानमा मुडभरी

इकागज |
भदौ १, २०७८ मंगलबार १३:४६ बजे

बुटवल– लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले जानकारी दिए । 

लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए ।  जसमा सन्तोष  पाण्डेय र  विजयबहादुर यादव  प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय  समानुपातिक सूचीमा परेकी  थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो । 
 



Author

थप समाचार
x