राजनीति

राष्ट्रपति कार्यालयमा पुग्‍यो राजनीतिक दल सम्बन्धी अध्यादेश

इकागज |
भदौ १, २०७८ मंगलबार १३:५६ बजे

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी गर्ने निर्णय गरेसँगै राष्ट्रपति कार्यालय पठाइएको हो ।

बैठकमा दल विभाजन सम्बन्धि अध्यादेश पारित भएको थियो । जसमा दल विभाजन भएको तीन साताभित्र प्रदेश र स्थानीय तहमा जनप्रतिनिधले दल रोज्‍ने अध्यादेशमा राखिएको छ । 


बैठकमा सहभागी एक मन्त्रीले इकागजलाई दिएको जानकारी अनुसार अध्यादेशको सैदान्तिक विषय पास भइसकेको छ । '२० प्रतिशत भए पुग्‍ने व्यवस्था गरिएको छ' उनले इकागजसँग भने । 


Author

थप समाचार
x