प्रधानमन्त्री देउवाले डा. केसीलाई वार्तामा बोलाए
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीसँग साँझ पाँच बजे वार्ता गर्ने भएका छन् । स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका डा. केसीलाई प्रधानमन्त्री देउवाले वार्ता गर्न बालुवाटार बोलाएका हुन् ।
‘साँझ पाँच बजे प्रधानमन्त्रीज्यूले डा. गोविन्द केसीलाई वार्ताका लागि बालुवातार बोलाउनु भएको छ,’ स्रोतले भन्यो । यता डा. केसीले भने आफू समूहसहित प्रधानमन्त्रीसँग वार्ता गर्न जाने निकटस्थहरूसँग बताएका छन् । डा. केसीले स्वास्थ्य राज्यमन्त्रीमा केसीको नियुक्तिसँग बर्खास्तीको माग गर्दै अनशन बस्ने सार्वजनिक घोषणा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया