राजनीति

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता

इकागज |
भदौ १, २०७८ मंगलबार १७:४४ बजे

काठमाडौँ - राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टिका ढकालले दर्ता भएको पुष्टि गरे । मंगलबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो । 

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहालुर देउवा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच छलफल भएको थियो ।    ‘अहिले अध्यादेश दर्ता भएको छ । अध्ययन गरेर कानुनसम्मत प्रक्रियामा जान्छ’ ढकालले भने ।     


स्रोतका अनुसार अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भए दल विभाजन गर्न मिल्ने उल्लेख छ । त्यस्तै प्रदेश र स्थानीय तहमा दल विभाजन भएको २१ दिनभित्र कुन पार्टीमा जाने भनी सदस्यहरुले रोज्न पाउने व्यवस्था थपिएको छ । 


Author

थप समाचार
x