राजनीति

‘संघीयता कार्यान्वयन प्रदेश सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री केसी

इकागज |
भदौ १, २०७८ मंगलबार २०:५१ बजे

फाइल तस्बिर

रुपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरसः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको नवउद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उनले परिवर्तनकारी शक्तिको गठन्धनबाट सरकार बनेकाले संविधान र सङ्घयीता कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए । 

मुख्यमन्त्री केसीले कोभिड-१९ सङ्क्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकता बनाउने बताउँदै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे । उनले निजी क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने आश्वासनसमेत दिए । 


बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेशसभालाई उपलब्ध गराएर सहयोग गरेको  तर सरकारले यसपटकको बजेटमा बुटवलका अन्य व्यावसायिक संस्थालाई बजेट दिएको भए पनि आफ्नो संघलाई नदिएर पक्षपात गरेको गुनासो गरे । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवर्द्धनको काम आफैँमा महत्वपूर्ण भएको बताए । बुटवल उद्योग वाणिज्य संघ, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तरप्रेरणा प्रालिको सहकार्यमा नवीनतम सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने उद्देश्यले रुपन्देहीमा प्रथम विजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालन गरिएको थियो ।

विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस कार्यक्रममा चार जना नवउद्यमीलाई उद्यमशीलता क्षेत्रका विज्ञबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको छ । (रासस)
 


Author

थप समाचार
x