राजनीति

बागमतीमा डोरमणिले दिए राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता

इकागज |
भदौ २, २०७८ बुधबार १६:७ बजे

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै दलको नेताबाट राजीनामा दिएका पौडेलले मुख्यमन्त्रीबाट पनि राजीनामा दिने सांसद रचना खड्काले इकागजलाई जानकारी दिइन् ।

‘उहाँले संसदीय दलको नेताबाट राजीनामा दिइसक्नु भयो । अब मुख्यमन्त्रीबाट पनि राजीनामा दिनुहुन्छ प्रदेश प्रमुखलाई पर्खिरहनु भएको छ,’ उनले भनिन्, ‘संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य चयन भइसक्नु भयो । अब उहाँ नै मुख्यमन्त्री बन्नुहुन्छ । हाम्रो संसदीय दलको बैठक भरखरै सकियो ।’  एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूह थिइन् ।   


शाक्य नेपाल समूहले पार्टी विभाजन गरी नयाँ पार्टी दर्ता गर्ने प्रस्तावको विपक्ष उभिएकी थिइन् ।


  


Author

थप समाचार
x