राजनीति

बढुवा भएलगत्तै शर्मा लुम्बिनीको प्रमुख सचिवमा नियुक्त

इकागज |
भदौ ४, २०७८ शुक्रबार १९:१९ बजे

काठमाडौँ - सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको छ । यस्तै लुम्बिनीका निवर्तमान प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा अतिरिक्तमा राखेको छ ।

रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो । एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।


सात महिनाअघि बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको थियो । बिहीबार बसेको मन्त्रिरिषद् बैठकले  सहसचिव शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनीको प्रमुख सचिवमा नियुक्त गरेको हो । लुम्बिनीबाट तानिएका निवर्तमान प्रमुख सचिव सुवेदीलाई संघीय तहको मन्त्रालयमा पठाइने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।


Author

थप समाचार
x