राजनीति

सरकारको पाइला बेरुजु फर्छ्यौट र अनियमिततालाई कारबाही गर्नेतर्फ चाल्न जरुरी छ : शेखर काेइराला

इकागज |
भदौ ६, २०७८ आइतबार ८:२३ बजे

फाइल फाेटाे

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सरकारको इच्टाशत्ति भए बेरुजु फर्छ्यौट  र अनियमितता घटाउन सकिने बताएका हुन्  । 

‘महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएको छ । वेरुजु र अनियमितताको अंक बढ्दो छ । वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ । सरकारको इच्छाशक्ति भए यी दुवै काम गर्न सकिन्छ,’ उनले लेखेका छन् । 



Author

थप समाचार
x