राजनीति

लुम्बिनीका सभामुखलाई ठेगान लगाउने एमालेको चेतावनी

इकागज |
भदौ ६, २०७८ आइतबार १५:२९ बजे

बुटवल - नेकपा एमालेले लुम्बिनी प्रदेश सभाका सभामुखले पदअनुकुल आचरण नगरेको आरोप लगाएको छ । आफुले माग गरेअनुसार प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुख पूर्णबहादुर घर्तीले पदमा आसिन रहन नमिल्ने ठहर गरेको हो । एमालेले आज बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

पत्रकार सम्मेलनमा एमालेले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम नीजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’


पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं सांसद बैजनाथ चौधरीले सभामुखले तत्काल राजीनामा नदिए प्रदेशसभाबाटै ठेगान लगाइदिने चेतावनी दिए । चौधरीले सभामुख न्यायाधीस बन्न खोजेको आरोप लगाउँदै उनको राजीनामा नआएसम्म एमालेले प्रदेशसभा चल्न नदिने बताए । लुम्बिनी प्रदेश सभाका २ सदस्यलाई सभामुखले पदमुक्तको सूचना जारी नगरेकोमा एमाले संसदीय दलले आपत्ति जनाएको हो ।

 

 


Author

थप समाचार
x