राजनीति

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची, एमालेद्वारा संसद् बहिष्कार

इकागज |
भदौ ७, २०७८ सोमबार १४:५७ बजे

बुटवल – लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधपछि स्थगित भएको बैठक पुन सुरु भएको हो ।  आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।  संसद् सचिवालयले मुख्यमन्त्री केसीले विश्वासको मत लिने कार्यसूची प्रकाशन गरिसकेको छ ।  एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।  

एमालेले चुनाव चिन्हबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई पदमुक्त गर्न माग राखेको छ । तर, संसद्सचिवालयले कारबाही गर्न नमिल्ने जवाफी पत्र एमालेलाई पठाइसकेको छ । एमालेले उनीहरूलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताएको छ । एमालेका सांसद बैजनाथ चौधरीले भने,'पेलेर लैजाने कुरामा सहमती छैन, खेदजनक छ ।' त्यस्तै एमालेले अवरुद्ध गरिरहे मार्सल लगाएर भए पनि विश्वासको मत लिने तयारी छ ।



 


Author

थप समाचार
x